कोरोना रोकथामका लागि निर्माण व्यवसाय विकास परिषद्द्वारा एक करोड सहयोग
काठमाडौं, चैत ११
कोरोना भाइरस संक्रमण रोकथामका लागि निर्माण व्यवसाय विकास परिषद्ले एक करोड रूपैयाँ सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय निर्माण व्यवसाय विकास परिषद्ले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रूपैयाँ जम्मा गर्ने जनाएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघसहित निर्माण व्यवसायसँग सम्वन्धित मन्त्रालय तथा निकायहरूको प्रतिनिधित्व रहने निर्माण व्यवसाय विकास परिषद्को गत बुधबार बसेको बैठकले कोरोना भाइरस रोकथामका लागि रकम सहयोग गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयानुसार परिषद्का अध्यक्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरको सोमबार बसेको बैठकले नेपाल सरकारले आइतबार स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको परिषद्का सदस्यसचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया