प्राधिकरणका अध्यक्ष सिलवालद्वारा गृहसचिव भएको बेला आफ्नै नागरिकता संशोधन
काठमाडौं,कीर्ते गरी नागरिकता सच्याएको भन्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालमाथि छानबिनको माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । २०७७ माघ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट तत्कालीन बीमा समितिमा अध्यक्ष पदमा नियुक्त भएका सिलवालले गृह मन्त्रालयको सचिव हुँदा आफ्नै नागरिकता संशोधन गरेको भन्दै कारबाहीको मागसहित सोमबार उजुरी दर्ता भएको हो ।
अध्यक्ष सिलवालले अर्थ मन्त्रालयमा बुझाएको नयाँ नागरिकतामा जन्म मिति २०१६ कात्तिक २२ गते रहेको तर २०७२ साउन १५ गते राहदानी विभागबाट राहदानी लिँदा जन्ममिति २०१८ कात्तिक २४ गते जन्ममिति भएको नागरिकता पेश गरी राहदानी लिएको दाबी उजुरीमा छ ।
गृह मन्त्रालयमा दर्ता नं ९५६४/२०८०।०१।११ को उजुरीमा सिलवालले हाल प्रयोग गर्दै आएको पासपोर्ट नं ०९०४७६ को जन्ममिति र हाल प्रयोग गर्दै आएको नागरिकताको नं २६०–९९७३ मा भएको जन्म मिति फरक–फरक रहेकोले प्राधिकरणका अध्यक्ष सिलवालले आफ्नै नागरिकता कीर्ते गरेको दाबी गरिएको छ ।
सिलवाल आफैँ गृहसचिव भएको बेला पदीय दुरुपयोग गरी आफ्नै नागरिकता कीर्ते गरेकोले कारबाहीको माग गर्दै दर्ता गरिएको उजुरीमाथि तत्काल कारबाही अघि बढेमा उनी कारबाहीमा पर्ने निश्चित छ ।
बीमा क्षेत्रका नियामक निकायमा सिलवालको प्रवेशसँगै तीन अर्बभन्दा बढी घुस सेटिङमा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिएका थिए । त्यस्तै, केही दिनअघि मात्रै सातवटा बीमा कम्पनीलाई लाइसेन्स दिने भन्दै अर्बौँ रुपैयाँ घुस सेटिङ गरेका थिए । बीमा क्षेत्रमा भ्रष्टाचार संस्कृति भित्र्याएर अराजकता मच्चाउँदै आएका सिलवाल सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न प्रधानमन्त्री कार्यालय पुगेका थिए । यसअघि जनार्दन शर्मासँग मिलेर हिमालयन रि इन्स्योरेन्स कम्पनीमा गरेको अर्बौँ घोटाला सम्बन्धमा अख्तियारमा दर्जनभन्दा बढी उजुरी परे पनि छानबिन भएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया