सहारा साकोसद्वारा कोरोनाविरुद्धको अभियानमा ५० लाख सहयोग
झापा,चैत २४
साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५औं स्थापना दिवसका अवसरमा कोरोनाविरुद्धको अभियानमा ५० लाख सहयोग गर्ने भएको छ । नेपालका सहकारीहरूमध्ये सबैभन्दा बढी सेयर सदस्य भएको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोनाविरुद्धको अभियानमा ५० लाख सहयोगको घोषणा गरेको हो । एक लाख ४७ हजार जना सेयर सदस्य रहेको संस्थाले २५औं स्थापना दिवसको अवसर पारेर शुक्रबार राहत प्याकेज घोषणा गरेको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समन्वय समितिहरूसँगको सहकार्यमा आइसोलेसन, क्वारेन्टाइनमा बसेका तथा विपन्न परिवारहरूको लागि खाद्यान्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको लागि पीपीई सहयोग समेतको लागि सहारा कर्मचारी मानवीय सहायता कोषसहित ५० लाखको राहत प्याकेज घोषणा गरिएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिए । कोरोना संक्रमणका कारण मुलुकमा विद्यमान कठिन परिस्थितिमा सहकारी संस्थाले पनि आफ्ना सेयर सदस्यहरू, कर्मचारीहरू र समुदायको हितको लागि सहयोग गर्नु पर्ने दायित्व सम्झेर राहत प्याकेज घोषणा गरिएको संस्थाका सचिव गिरीले बताए । सस्थाले घोषणा गरेको राहत प्याकेजअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचारकोषमा ५ लाख, प्रदेश नं. १ सरकारसंगको सहकार्यमा आइसोलेसन अस्पतालमा खाद्यान्न ४ लाख, झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा क्वारेन्टाइनमा बसेकाहरूका लागि खाद्यान्नका लागि ११ लाख गर्ने संस्थाले जनाएको छ ।
यस्तै स्वास्थ्यकर्मी र प्रहरीलाई चार लाख रूपैयाँको पीपीई, भुटानी शरणार्थी शिविरका एक हजार परिवारलाई छ लाखको खाद्यान्न र विपन्न परिवारका लागि खाद्यान्न तथा विपद् कोषमा २० लाख रूपैयाँ प्रदान गरिने कार्यकारी प्रमुख गिरीले जानकारी दिए । संस्थाका अति विपन्न तथा लघुवित्त सदस्यहरूलाई लकडाउनको अवस्थामा घर खाँचो टार्न पाँच हजार रूपैयासम्म विनाब्याजको सापटी रकम उपलब्ध गराउनका लागि संस्थाले पाँच करोडको व्यवस्था गरेको छ । ऋणी सदस्यहरूले चैत्र मसान्तभित्र बुझाउनुपर्ने किस्ता तथा ब्याज २०७७ वैशाखभित्र बुझाउन तथा हर्जना छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ । प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथर गरी ६ जिल्ला कार्यक्षेत्र रहेको संस्थामा एक लाख ४७ हजार जना सेयर सदस्य रहेका छन् । विगत २५ वर्षदेखि सदस्य र समुदायको हितमा काम गर्दै आएको सहारा नेपाल साकोसले एक अर्ब ३५ करोड सेयर रकम, सात अर्ब वचत, सात अर्ब ५० करोड ऋण लगानीसहित १० अर्बको कुल कारोबार गर्न सफल भएको छ । ६ जिल्लाका ६५ स्थानमा सेवा केन्द्रमार्फत संस्थाले पाँच सय जनालाई रोजगारी प्रदान गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया