नेतालाई नेम्वाङले भने- बैठकवारे जनताले सोधे के भन्ने ?
काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बिहान तीन प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्यो। प्रधानमन्त्री ‘प्रचण्ड’, शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो समय लगातार भेटवार्ता भइरहेको छ। सुरूमा तीन नेताहरूमात्र बसेका भए पनि पछि तीनै पार्टीका संसदीय दलका उपनेता र प्रमुख सचेतक पनि थपिए।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि बैठकमा पुगे। नेताहरूले संवैधानिक परिषदसम्बन्धी विधेयक, संसदीय समितिको नेतृत्व र सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा सहमति जुटाउन बैठक बसिरहेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेका वखत तीन शीर्ष नेताहरूबीच बारम्बार भेटवार्ता हुँदा विभिन्न कोणबाट चर्चा भइरहेको छ।
आइतबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे कुरा गर्न नै तीन शीर्ष नेताहरू बैठक बसेको भन्ने बुझिन्छ भनेर नेम्वाङले कुरा राखेका थिए। आफूले यसो भन्दा नेताहरूले यो विषयमा ‘उहाँहरूले तपाईंलाई कसैले सोध्यो भने कानुनअनुसार कारबाही गर्न प्रतिवद्ध छौं भन्दिनु भन्नुभएको छ,’ नेम्वाङले भने।
क्याटेगोरी : समाचार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया