मन्त्रालयगत बजेट सूचना प्रणाली जेठ १६ सम्म बन्द
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट तयारी अन्तिम चरणमा रहेको भन्दै मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी जेठ ११ देखि १६ गतेसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द रहने जनाएको हो । मन्त्रालयले सचिवस्तरीय निर्णयबाट प्रणाली बन्द गरेको हो ।
वार्षिक बजेट प्रणालीमा आबद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुनेगरी तय गरिएका सम्पूर्ण कार्यक्रमहरूको तयारी एवं सोका लागि आवश्यक बजेट रकमको विनियोजन कार्यमा सहजता ल्याउने उद्देश्यका साथ विकास गरिएको कम्प्युटर प्रणालीमा आधारित प्रणाली एलएमबीआईएस हो ।
यस प्रणालीमार्फत वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने निकाय, सम्बन्धित तालुक विभाग/मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय समेत एउटै प्रणालीमा रहेर बजेट तर्जुमासम्बन्धी कार्य हुन्छ । मन्त्रालयले नयाँ बजेटको तयारीमा लाग्नुपर्ने भएपछि प्रणाली बन्द गर्नुपरेको जनाएको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया