काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेट आज सोमबार ४ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालको संविधानअनुसार आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने व्यवस्थाको कारण आज बजेट प्रस्तुत हुनलागेको हो ।
आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट सिलिङ दिए पनि त्यसमा केही अंक बढ्ने देखिएको छ । भरपर्दो स्रोत नभए पनि योजनाको माग र चालू खर्चको चापको कारण आयोगको सिलिङभन्दा बजेटको अंक बढ्न लागेको हो ।
चालू आर्थिक वर्ष २०७८/०७९ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेका थिए । उक्त बजेट पूर्णतः असफल भएको छ । १७ खर्ब ९३ अर्ब ८३ करोडको उक्त बजेट राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड, वैदेशिक ऋणबाट दुई खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट दुई खर्ब ५६ अर्ब संकलन गर्ने बताइएको थियो । तर, ती कुनै पनि योजना सफल भएनन् ।
सरकारले ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमध्ये चालूतर्फ सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत, वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको थियो । तर, पैसा नभएको कारण पुँजीगत खर्चको अवस्था दयनीय बनेको छ । आज प्रस्तुत हुने बजेट गत वर्ष प्रस्तुत भएको जस्तो यथार्थबाहिर नहुने धेरैको अपेक्षा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया