Techie IT
×
गृहपृष्ठbreakingगुडविल सहकारीका अध्यक्ष करिब ८० करोड ठगी आरोपमा पक्राउ

गुडविल सहकारीका अध्यक्ष करिब ८० करोड ठगी आरोपमा पक्राउ


काठमाडौं ।
ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ ठगी आरोपमा पक्राउ परेका छन् । गुडविल सहकारीको करिब ६२ करोड र विभिन्न व्यक्तिबाट उनले करिब १७ करोड ८९ लाख ६४ हजार ठगी गरेको उजुरी परेको ललितपुरका एसएसपी किरण बज्राचार्यले बताइन् ।

चितवनमा लुकेर बसेको अवस्थामा श्रेष्ठलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेर ललितपुर ल्याएको हो । प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो । आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । ठगी मुद्दामा उनलाई ललितपुर जिल्ला अदालतबाट थप सात दिनको म्याद लिए्र अनुसन्धान गर्न थालेको प्रहरीले बताएको छ । 


क्याटेगोरी : breaking, सहकारी–कृषि

तपाईको प्रतिक्रिया