काठमाडौं, बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकोट बुद्व विहार पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । दुबै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री देवी प्रकोप उद्वार कोषमा रकम हस्तान्तरण गरेका हुन् । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरताले २८ लाख ९८ हजार ६७९ रूपैयाँ सहयोग गरेको छ ।
भुतपूर्व सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष होमबहादुर थापा र सिएनसिबिसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । यसैगरी रिब्डीकोट बुद्व विहार पाल्पाले ४० हजार रूपैयाँ सहयोग गरेको छ । विहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए ।