काठमाडौँ, देशका विभिन्न स्थानबाट नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको बोदेबरसाइन नगरपालिका–५ बाट दुई जना पक्राउ परेका केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ ।
त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका–११ अल्का मार्गबाट तीन, कास्कीको पोखरा महानगरपालिका–३ नदीपुरबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका–२ जमुनी बजारबाट दुई, सुनसरीको इटहरी उपमहानगरपालिका–१९ अमाहाचोकबाट एक र बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट तीन, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ सागरपथबाट दुई तथा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–११ बाट दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीले लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम उनीहरुका साथबाट बरामद गरेको छ ।