काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार दिउँसो १२ बजे हुने भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल हुने जनाएको छ ।
नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राइसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।
अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग पनि विदेश सचिव मिश्रीले बुधबार नै छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । भ्रमण सम्पन्न गरी विदेश सचिव मिश्री आजै काठमाडौंँबाट नयाँदिल्ली प्रस्थान गने जनाइएको छ ।