काठमाडौं, कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ ।
नयाँ डिलरको सुरुवातसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि गुणस्तरीय र आधुनिक टायल समाधान खोज्ने ग्राहकहरूमाझ कजारियाका उत्पादनहरूको पहुँच थप सहज हुने भएको छ । प्राधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन गरिएको हो ।
कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वल्र्ड २०२६ दीपमाला ढकालले उक्त ग्यालरीको उद्घाटन गरेका हुन् । ग्राहकहरूको आवश्यकता र बदलिँदो डिजाइन ट्रेन्डलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको यस डिलरमा कजारियाका वाल तथा फ्लोर टायल्सका विभिन्न प्रिमियम कलेक्सनहरू उपलब्ध हुनेछन् । ग्राहकहरूले एउटै स्थानबाट विभिन्न आधुनिक डिजाइन, टेक्सचर, फिनिसिङ तथा साइजका टायल्स अवलोकन गर्दै आफ्ना व्यक्तिगत रुचि, स्थानको आवश्यकता तथा परियोजनाअनुसार उपयुक्त टायल छनोट गर्न सक्नेछन् ।
यस नयाँ डिलरमार्फत घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा अन्य निर्माण क्षेत्रसँग सम्बन्धित ग्राहकहरूले कजारियाका गुणस्तरीय टायल कलेक्सनहरू अझ सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।