काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन: खुम्चिएको छ । अघिल्लो दिन सात दशमलव शुन्य छ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज बुधबार भने ३६ दशमलव २५ अंकले ओरालो लागेर २६ सय १८ दशमलव शुन्य तीन बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३३ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५२ वटा कम्पनीहरुको ५७ हजार नौं सय ४७ पटकको कारोबारमा दुई करोड १६ लाख २२ हजार सात सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम छ अर्ब ३५ करोड ६६ लाख ११ हजार तीन सय ९५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्य बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै भएको छ ।