काठमाडौं, महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२–आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रोटरी क्लबहरूमार्फत सामुदायिक तथा सार्वजनिक विद्यालयमा सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाका लागि वित्तीय सहयोग उपलब्ध गराउनेछ । सहकार्यअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन र कम्प्युटर ल्याब स्थापना लगायत आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित परियोजनामा बैंकले सहयोग गर्नेछ ।
बैंकका अनुसार उक्त सहकार्यले सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता तथा डिजिटल पहुँच सुधारमा योगदान पुग्नेछ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
समाजप्रतिको दायित्व निर्वाह गर्ने क्रममा बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग समेत गरेको जनाएको छ ।
महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी महा सोमबार”सञ्चालन गर्ने भएको छ ।

यस योजना अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक सोमबार दराज मार्फत अनलाईन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका डेबिट कार्ड लिएका गा्रहकहरुले दराज नेपाल मार्फत न्यूनत्तम एक हजार नौं सय ९९ रुपैंयाँ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकत्तम सात सय ५० रुपैंयाँ छुट प्राप्त गर्नेछन् भने क्रेडिट कार्ड लिएका ग्राहकहरुले न्यूनत्तम एक हजार नौं सय ९९ रुपैंयाँ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकत्तम एक हजार रुपैंयाँसम्म छुट प्राप्त गर्नेछन् । यो योजना हरेक सोमबार मात्र लागु हुनेछ भने सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने भएकाले ग्राहकहरुले हरेक सोमबार समयमै यस योजनाको लाभ लिन सक्नेछन् ।
यस प्रकारका योजना मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप प्रोत्साहित गर्दै आधुनिक बैकिङ्ग सेवाको प्रयोग विस्तार गर्नुका साथै ग्राहकहरुलाई दैनिक कारोबारमा थप सुविधा, बचत तथा मुल्य अभिवृद्धि प्रदान गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।