काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले राष्ट्रपति भवन शीतल निवासमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष कमला पराजुलीले बुधबार आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।