काठमाडौं, एनआईसी एसिया बैंकले नेपालमै पहिलोपटक एप्पल पे र गुगल पेमार्फत हुने अन्तर्राष्ट्रिय भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकको इ–कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका मर्चेन्ट ग्राहकले अब एप्पल पे तथा गुगल पेमा आबद्ध भिसा र मास्टर कार्ड प्रयोगकर्ताबाट सहज र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन् । बैंकले आफ्नो साइबर सोर्स पेमेन्ट गेटवेमा एप्पल पे र गुगल पे भुक्तानी प्रणाली आबद्ध गरेपछि यस्तो सुविधा उपलब्ध भएको हो । यसबाट नेपालका व्यवसायीले विदेशमा रहेका ग्राहकबाट डिजिटल माध्यममार्फत भुक्तानी प्राप्त गर्न थप सहज हुने बैंकको विश्वास छ ।
एप्पल पे तथा गुगल पे विश्वव्यापी रूपमा प्रयोग हुने मोबाइलमा आधारित डिजिटल भुक्तानी प्रणाली हुन् । यी प्रणालीमा प्रयोगकर्ताको वास्तविक कार्ड विवरणको सट्टा त्यपभलष्शबतष्यल प्रविधिमार्फत सुरक्षित विवरण प्रयोग हुने भएकाले कारोबारलाई थप सुरक्षित र सरल बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ । यो सुविधा विशेषगरी होटल, टुर एन्ड ट्राभल्स, ह्यान्डिक्राफ्ट, एयरलाइन्स, इ–कमर्स तथा सूचना प्रविधि क्षेत्रका व्यवसायीका लागि उपयोगी हुने बैंकको भनाइ छ । बैंकको इ–कमर्स पेमेन्ट गेटवेमा आबद्ध मर्चेन्टले अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे तथा गुगल पे प्रयोग गरी भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार नयाँ सेवाले नेपालका व्यवसायीलाई विदेशी ग्राहकसँग कारोबार गर्न सहज बनाउँदै उनीहरूको पेमेन्ट एक्सपीरेन्स सुधार गर्न सहयोग पुर्याउनेछ । खासगरी पर्यटन तथा आतिथ्य, यात्रा, इ–कमर्स, आईटी र वस्तु निर्यातमा संलग्न व्यवसायीले अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी संकलन गर्न थप विकल्प पाउनेछन् । यसले एकातिर नेपाली व्यवसायीको अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तार गर्न सहयोग गर्ने र अर्कोतिर विदेशी मुद्रा आर्जन तथा अन्तरदेशीय कारोबार सहज बनाउन पनि भूमिका खेल्ने अपेक्षा बैंकले गरेको छ । एनआईसी एसिया बैंकले यो सेवा सञ्चालनसँगै डिजिटल भुक्तानीलाई थप सरल, सुरक्षित र आधुनिक बनाउने तथा नेपालमा अन्तर्राष्ट्रिय
डिजिटल भुक्तानी प्रणालीको प्रयोग विस्तार गर्ने लक्ष्य राखिएको जनाएको छ ।