काठमाडौं, म्याक्स टाइगर इनर्जी ड्रिङ्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन् ।
कम्पनीका अनुसार अभियानमा सुर्खेत, बनेपा, धादिङ, बुटवल, धनगढी, जनकपुर, बिर्तामोड, धरान र वीरगञ्जका उपभोक्ता विजेता बनेका हुन् । विजेतामध्ये सुर्खेतका किशोर जंग शाह, बुटवलका नरबहादुर फौगाड, धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले यामाहा रे जेडआर स्कुटर जितेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, धनगढीका मोहन श्रेष्ठ, जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । जसमा १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल, १८ वटा यामाहा रे जेडआर स्कुटर र एउटा प्रोटोन कार समावेश छन् ।
कम्पनीका अनुसार हालसम्म नौ जना विजेता सार्वजनिक भएका हुन भने बाँकी २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन् । अभियानको बम्पर पुरस्कारका रूपमा एक जना उपभोक्ताले प्रोटोन कार प्राप्त गर्नेछन् । म्याक्स टाइगरले दशैं लक्षित उक्त अभियानमार्फत उपभोक्तालाई विभिन्न सवारीसाधन जित्ने अवसर उपलब्ध गराएको जनाएको छ ।