नेपाली जनता एक पटक राजनीतिक धोखाधडीमा परेका छन् । यद्यपि नेपालीले कहिल्यै गुलाम हुन परेन तथापि कहिल्यै पूर्ण रूपमा स्वतन्त्र हुन पनि पाएका छैनन् । सधैँ अप्रत्यक्ष गुलाम बनेका छन् । राजीतिक नेतृत्वले आफ्ना जनतालाई यसरी अप्रत्यक्ष गुलाम बनाएका हुन् । उनीहरू कुनै न कुनै विदेशीका गुलाम बन्छन् र जनतालाई राजनीतिक रूपमा चर्का नारा दिएर ‘इमोसनल ब्ल्याकमेल’ गर्छन् र आफ्नो गुलाम बनाउने गर्दै आएका छन् ।
तर वास्तवमा गुलामचाहिँ हाम्रो राजनीतिक नेतृत्व हो । यिनका मीठा–मीठा आश्वासन नेपाली जनताका लागि मन्द विष साबित हुँदै आएका छन् । नेपालको प्रजातान्त्रिक इतिहासमा २००७ सालको क्रान्ति एउटा कोशेढुंगासरह मानिन्छ तर जहानियाँ राणा शासन ढालेर स्थापित प्रजातान्त्रिक सरकारले राम्रोसँग काम गर्न नपाउँदै राजनीतिक नेतृत्वले विदेशीको इसारामा त्यसका विरुद्ध षड्यन्त्र गर्यो । त्यहीबाट प्रजातन्त्रविरुद्ध मोर्चाबन्दी सुरु भयो ।
बल्ल–बल्ल २०१५ सालमा भएको आम निर्वाचनले निर्वाचित गरेको नेपाली कांग्रेसको दुई तिहाइ बहुमतको सरकारलाई अपदस्थ गरेर निरंकुश तानाशाही पञ्चायत व्यवस्था लादियो । नेपाली र एसियाली मापदण्डमा पुर्याउने सपना बाँडेको अझै बिर्सिएका छैनन् । त्यो तानाशाही कदमलाई कैयन प्रजातान्त्रिक नेता तथा बामपन्थी नेताहरूले स्वागत गरेका थिए । प्रजातन्त्र माग्नेहरूलाई जेल हाल्ने लेख्न, बोल्न, सभा संगठन गर्न नदिनेजस्ता हर्क त्यतिबेला सामान्य मानिन्थ्यो । ३० वर्षमा पञ्चका फोस्रा आश्वासन सुनेर जनता आजित भइसकेका थिए ।
ठीक त्यही बेला जनताको मनमुटुको चाल छामेर सर्वमान्य नेता गणेशमान सिंहले जनआन्दोलनको आह्वान गर्दा जनता सडकमा आए, राजा र पञ्च बाध्य भएर बहुदत पुनर्स्थापना गर्न बाध्य भए । अहिले पनि पछिदेखि अहिलेसम्म पनि विधिको शासन कायम हुन सकेको छैन । त्यसको मल कारण पुरानो मानसिकताको कर्मचारी प्रशासन हो । राजीतिक नेतृत्व आफैँमा दिग्रभ्रमित थियो, अब के गर्ने भन्ने प्रस्ट थिएन । अनि त्यो नेतृत्व विदेशीका कुरा सुन्न थाल्यो, कर्मचारीतन्त्रको विश्वासमा पर्न थाल्यो । दुवैसँग दुस्मनी लिन चाहेन, फलस्वरूप विदेशीको अघोषित गुलाम बन्यो, कर्मचारीतन्त्रले सिकाएको कमाउने धन्दाको जालोमा फस्यो अहिलेसम्म जतिसुकै राजनीतिक परिवर्तन भए पनि नेपालमा सामाजिक रूपान्तरण हुन नसक्नुको कारण यही हो ।
२००७ सालको परिवर्तनपछि पनि सत्तामा यही रोग थियो र २०८२ सालको परिवर्तनपछिको सत्तामा पनि यही रोग लागेको छ । नेपाली जनताले ०१५ सालमा नेपाली कांग्रेसलाई दुई तिहाइ बहुमत दिएर राजा महेन्द्र्रले बीपी कोइरालाको नेतृत्वको सरकारलाई अपदस्थ गरेर पञ्चायत व्यवस्था लादे । फेरि जनताले २०७४ सालमा नेकपालाई दुई तिहाइ बहुमत दिए, त्यो त्यही विदेशी गुलाम नेतृत्व र भ्रष्ट कर्मचारीतन्त्रको चङ्गुलमा परेर ढल्यो जनाले २०८२ मा पुरानो दललाई भोट दिन मानेनन्, नयाँ दलको नाममा खासगरी बालेन शाहको अनुहार हेरेर जनताले रास्वपालाई दुई तिहाइ बहुमत दिएका छन् । तर दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री शाहले आफूलाई एक्लोपन महसुस भएको अभिव्यक्ति सार्वजनिक गरिसकका छन् । यसका अलाबा उनले यसबाट हिम्मत हारेर नभाग्ने सत्य, सबै सत्य नै हुन्छ भन्दै संसद्मा रहेका इन्जिननियरहरूले आफूलाई एक्स्ट्रा अडिनरी प्रमाणित गर्नुपर्ने बताएका छन् ।
गएको चुनाबमा रास्वपाले बालेनको नाममा भोट मागेको थियो र सयवटा बाचापत्र पनि सार्वजनिक गरेको थियो । तीमध्ये एउटा थियो –एक पटकको नेपाली सधैँको नेपाली । यो नारा देश छाडेर विदेशीएका नेपालीहरूप्रति लक्षित थियो । बाउआमा, स्वास्नी छोराछोरी घर परिवार, समाज, राष्ट्र, राष्ट्रियता, नागरिकता पासपोर्ट सबै छाडेर पैसाका लागि विदेशिएका रवि लामिछानेजस्तै व्यक्तिहरूलाई लक्षित गरेर त्यो स्लोगन बनेको थियो । यस्तो एउटा स्लोगन बनाउँदा हाम्रो समाले आफूखुुसी त्यस्को मिल्दो जुल्दो रूपमा अरु स्लोगन बनाउने गरेका छन् । जुन अर्थको कसीमा सामाजिक ऐन बन्ने गरेका छन् । जस्तो कि पहिला–पहिला गोरु पाल्नेले भैँसी पाल्दैन भनिन्थ्यो । पछि छोरी पाल्नेले बुहारी पाल्दैन भन्न थालियो । हुँदाहुँदै भैँसी खानेले गोरु खान्छ भन्न थालिएको छ ।
भरियाले खोती गरेर खाँदैन रे । घरज्वाइँ बस्नेले बाउआमा पाल्दैन रे । राजीतिक परिवर्तन गर्नु भनेर आएको दलले जनतालाई एउटा नारा दियो, ठीकै छ । नारा दिने सभापति लामिछानेले आफूलाई भावी प्रधानमन्त्री भनेर जनतासामु उभ्याउन सक्ने तर उनले उभ्याएनन् । उनले रास्वपाका नवआगन्तुक बालेन शाहलाई भावी प्रधानमन्त्री घोषणा गरे । त्यो उनको महानता थियो कि बाध्यता त्यो बौद्धिक विलास गर्नेहरूका लागि मन्थन गर्ने विषयको मसला बन्ला तर सर्वसाधारण मतदातााका लागि रवी त्यागी हुन् । अझै भन्न पछि पर्दैनन् । गणेशमानजस्तै त्यागी रे । उनले त्यो स्लोगन दिँदा पनि बेइमानी नै गरेका छन् । किनभने उनी सहकारी ठगी, दोहोरो नागरिकता, दोहोरो पासपोर्ट बहुविवाहजस्ता मुद्दै मुद्दा खेपिरहेका आरोपी हुन् ।
रास्वपाले दिएको स्लोगनअनुुसार पनि उनी एक पटकको ठग सधैँका ठग हुन् । त्यस कारण जनताले उनका नाममा मत दिने आत्मविश्वास नभएपछि उनले बालेनलाई अघि सारेका हुन्, मुटुमा गाँठो पारेर । जनताले जान्नेलाई छान्ने भनेर भोट दिएका थिएनन् । कांग्रेस, एमाले र माओवादीलाई भोट हाल्नै नचाहँदा २०६४ मा जस्तैै नयाँ आउनेलाई भोट हालेका हुन् । त्यसको नीति सिद्धान्त वाचापत्र हेरेर भोट हालेका होइनन् । तर पनि दुई तिहाइ बहुमत पाएको सपनाजस्तो लागे पनि सपना होइन, साँचो हो । रवि लामिछानेलाई अहिले पश्चात्ताप लाग्न थाल्नु र महत्वकांक्षा जाग्न थाल्नु अझै ठेट शब्दमा भन्ने हो भने डाहा लाग्नु अस्वाभाविक पनि होइन । त्यसमाथि दिल्लीले एपीटाइजर टनिक पिलाइदिएकै छ । तर पनि उनीमाथि लागेको दागचाहिँ मेटिएको छैन ।
यद्यपि उनी मात्र यस्तो भाग्यमानी नवनेपाली हुन् जसले आफूमाथि लागेको अभियोग पत्र संशोधनको सुविधा पाएका छन् । अरु नेपालीले चाहिँ त्यस्तो सुविधा पाएका छैनन् । अरु नेपालीलाई आरोप लाग्ने विषययको छेउछाउका झिनामसिना प्रसङ्ग भेटिए पनि नछाड्ने र चुमुर्क्याउने गरिन्छ । तर रविलाई चाहिँ पहिलेको सरकारले अदालतमा लगाएको अभियोग पत्र अहिलेको बालेन सरकारले नै संंशोधन गरिदिएको छ । तथापि चोख्याइहाल्न चाहिसकेको छैन । कोसिस चोख्याउनेतिर नै उन्मुख देखिन्छ । तर यसरी अभियोग संशोधन गरेर लामो अदालती प्रक्रियामा जानुभन्दा धमाधम अदालतबाटै रविविरुद्धका मुद्दाको फैसला गरेर चोख्याएको भए रवीका लागि बाटो फुक्ने थियो तर त्यसो नगर्दा रविलाई सत्ताको भोक जागिरहने, श्रीमती शाला भान्जाले सत्ताको सदुपयोग गर्न विभिन्न सिफारिस गरिरहेने र उठौतीपुठौतीको धन्दा चलाइरहने हुँदा रविले मन थाम्न नसकेका घटना उछिट्टिएर सतहमा सार्वजनिक हुन थालेका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरले त्यस्तै दोकान खोलेपछि रविको दोकान सुक्न थालेपछि भएका चोलेन्द्र काण्डमा बालेनको इन्ट्रीपछि प्रत्युत्पादक बन्न पुगेको छ । यथार्थमा चोलेन्द्र काण्ड रवि–सुधनको मिलेमतोमा बालेनको काँधमा राखेर फायर खोलिएको घटना थियो, तर ११ गते बिहान बालेन ब्युँझिएपछि अर्कोतर्फ मोडिएको छ । २०५१ सालको मध्यावधि निर्वाचनमा ठूलो दल बनेपछि एमालेले मान्छेको विगत हेरेर उही मूल्यांकन गरिरहन हुँदैन भन्न थाल्यो र चोर, डाका, गुण्डा, बलात्कारी भ्रष्टाचारी सबैलाई समेट्न थाल्यो । त्यसको फलस्वरूप एमालेको कांग्रेसका भन्दा पनि छिटो भ्रष्टीकरण सुरु भयो, एमालेभन्दा चर्को कुरा गर्ने र आफूसँग असहमत हुनेहरूलाई विनाकारण काटकुट गर्ने र मार्ने माओवादीको पतन एमालेको भन्दा छिटो अवधिमा भयो ।
अहिले कांग्रेस, एमाले, माओवादी सबैतिरका बदमासजति सबै आश्रमस्थल रास्वपा बनेको छ र त्यसको संरक्षक रवि लामिछाने बनेका छन् । जनतालाई यो कुरा राम्ररी थाहा छ, उनी भूतपूर्व ठग मात्र होइनन्, ठगहरूका पनि ठग महाठग हुन्, त्यसैले एक पटकको ठग सधैँको ठग । जनताले त्यसो भने सामाजिक सञ्जालमा गाली आउला तर बालेनले पनि त्यही रूपमा लिए भने के होला उत्तर सहज छैन । त्यस कारण ठग ठग नै हो, हत्यारा हत्यारा नै हो, बलात्कारी बलात्कारी नै हो, चोर चोर नै हो । आवश्यक पनि छैन । चोखिने पनि होइन । त्यस्ता ठगलाई चोख्याएर हामीले कस्तो समाजको निर्माण गर्न खोजेका हौँ ? तपाईँले एनआरएनलाई जतिसुकै महत्व दिए पनि सुविधा दिए पनि उनीहरूले गर्ने भनेको चाहिँ यता क्राइम गर्ने उता लुक्ने, उता क्राइम गर्ने यता लुक्ने नै हो ।
उनीहरूले देश विकासका नाममा गर्ने लगानीचाहिँ किरियापुत्री भवन निर्माणमा हो । जीवा लामिछाने जस्ताले देवघाटमा किरियापुत्री भवन बनाउँदा त ठेकेदारलाई डलरको भाउ फेरिएको भनेर दिनुपर्ने भुक्तानी दिएनन्, अरुको के कुरा ? यिनीहरू बाउआमा मर्दा किरिया गर्न आउने हुन् । अरु समय राम रमाइलो गर्न आउँदा नगरकोट–धुलिखेलतिर अर्काको घर बिगारेर बस्ने हुन् । त्यस्ता मतिभ्रष्ट भएकाहरूलाई सहुलियत दिएर के अर्थ रहला र ? तर पनि दिन खोजिएको छ ।
आफू ठाउँमा भएका बेला साथ संगतमा रहेकाले गर्ने गुन लगाउने कुरो भयो होला, अन्यथा त्यसको सच्चाा मानेमा कुनै सार्थक निचोड निस्किँदैन । एक पटकको नेपाली सधैँका नेपाली मात्र होइन, एक पटकको ठग सधैँको ठग पनि उत्तिकै सार्थक हो ।