काठमाडौं, दशैं र तिहारको रौनक बढेसँगै भिभोले ‘भिभो फेस्टिभ सेयर’ नामक विशेष अभियान उत्सव सार्वजनिक गरेको छ । कम्पनीले ‘तपाईंको सानो साथ, कसैको ठूलो चाड’ भन्ने मूल अभिधारणासहित विशेष अभियान सञ्चालन गरेको हो । यस अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहारसहित १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन् ।
मंसिर ४ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले स्पिन एन्ड विनमा सहभागी हुन र विभिन्न आकर्षक उपहारहरूमा भिभो स्मार्टफोन, भिभो स्पिकर, भिभो नेकब्यान्ड, भिभो मग तथा एक वर्षसम्मको अतिरिक्त वारेन्टी प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार स्पिन एन्ड विनमा सहभागी हुने प्रत्येक योग्य ग्राहक बम्पर पुरस्कारका लागि पनि स्वतः योग्य हुनेछन्, जसअन्तर्गत दुई भाग्यमानी विजेताले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन् ।
अभियानको मुख्य आकर्षणका रूपमा १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर राखिएको छ । भिभोका ब्रान्ड म्यानेजर दिपेश खनालले दशैं र तिहारको अवसरमा ग्राहकसँग जोडिन र चाडपर्वको खुशी बाँड्ने अवधारणालाई अभियानमार्फत अघि बढाइएको बताए । भिभोका अनुसार ‘भिभो फेस्टिभ सेयर’ मार्फत चाडपर्वको समयमा ग्राहकलाई विभिन्न पुरस्कार र सुविधासँग जोड्दै आफ्ना प्रियजनसँग खुशी बाँड्ने अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ । अभियान अवधिभर ग्राहकहरूले नजिकैको आधिकारिक भिभो स्टोर वा अधिकृत बिक्रेताबाट भिभो स्मार्टफोन खरिद गरी स्पिन एन्ड विनमा सहभागी हुन सक्नेछन् ।