काठमाडौं, ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)ले आयोजना गरेको ‘एसीसीए प्रेजेन्ट्सः बीपीसी क्रिकेट लिग २०२६’ को उपाधि सिड च्यालेन्जर्सले जितेको छ ।
काठमाडौंको बुढानीलकण्ठ, चुनिखेलस्थित रोयल स्पोट्र्स पार्कमा हालै भएको प्रतियोगितामा सिड च्यालेन्जर्सले उपाधि जितेको हो । उपाधि विजेता सिड च्यालेन्जर्सले ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा सीसीए आरसीबी उपविजेता बन्दै ५३ हजार ३३३ रुपैयाँ चित्त बुझाउन पुग्यो भने सीसीए गोर्खाज तेस्रो भएर २६ हजार ६६६ रुपैयाँ प्राप्त गर्यो । बीपीसी नाइट्सले चौथो पुरस्कारस्वरूप गिफ्ट ह्याम्पर तथा लन्च/डिनर कुपन प्राप्त गरेको छ । व्यक्तिगततर्फ सीसीए च्यालेन्जर्सका दिवास सिलवाल प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले २० हजार रुपैयाँ पुरस्कार पाए भने सीसीए आरसीबीका दिवास सिलवाल उत्कृष्ट ब्याट्सम्यान तथा सिड च्यालेन्जर्सका अनन्त गौतम उत्कृष्ट बलर घोषित भए । दुवैले १३ हजार ३३३ रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा २८ वटा म्यान अफ द म्याच पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रत्येक पुरस्कारको राशि १ हजार ३३३ रुपैयाँ थियो । यस्तै, बीईजी र बीपीसीबीच भएको मैत्रीपूर्ण खेलमा बीपीसी विजयी भएको थियो । प्रतियोगितामा सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए), बीपीसी, सिड एकेडेमी, लर्निङ पार्क, ब्राइट एकेडेमी, फिनटी लर्निङ हब, शिक्षा एकेडेमी, जीएनएस अस्त्रा, स्लुगर्स र एजीके पार्टनर्सलगायत संस्थाका १६ टोली सहभागी थिए ।