काठमाडौं, फुटवेयर ब्रान्ड स्केचर्सले चाडपर्वलाई लक्षित गर्दै ‘शप मोर, गेट मोर’ नामक विशेष फेस्टिभ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत ग्राहकले आकर्षक छुट, विभिन्न पुरस्कार तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन् ।
नेपालमा दशैं, तिहार, छठलगायतका चाडपर्वका अवसरमा हुने किनमेललाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो । १५ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने अभियानमा छनोट गरिएका स्केचर्सका उत्पादनमा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । छुट उत्पादन, श्रेणी तथा स्टोरअनुसार फरक हुन सक्ने कम्पनीले जनाएको छ ।
अभियानअन्तर्गत ग्राहकले साप्ताहिक रूपमा हुने गिभअवेमा सहभागी हुने तथा ५० जना भाग्यशाली विजेताले उपहार जित्ने अवसर समेत पाउनेछन् । साथै अभियानको अन्त्यमा हुने ग्रान्ड लक्की ड्रमार्फत प्रथम पुरस्कारका रूपमा टीभीएस रोनिन मोटरसाइकल र दोस्रो पुरस्कारका रूपमा टीभीएस एनटर्क प्रदान गरिने कम्पनीले जनाएको छ । अभियान अवधिमा कम्पनीले थप प्रवद्र्धनात्मक पुरस्कार तथा ग्राहक सहभागिताका कार्यक्रमसमेत सार्वजनिक गर्न सक्ने जनाएको छ ।
यस अभियानमार्फत स्केचर्सले चाडपर्वको किनमेललाई थप लाभदायी बनाउने लक्ष्य राखेको जनाएको छ । कम्पनीका अनुसार अभियानले ग्राहकलाई आराम, प्रदर्शन र दैनिक प्रयोगका लागि उपयुक्त फुटवेयरसँगै किनमेलमा थप मूल्य प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।