काठमाडौं, शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन ३६ दशमलव २५ अंकले खुम्चिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार ११ दशमलव ७७ अंकले उकालो लागेर २६ सय २९ दशमलव ८१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले उकालो लागेर चार सय ६९ दशमलव शुन्य एक बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५६ वटा कम्पनीहरुको ५१ हजार सात सय १६ पटकको कारोबारमा एक करोड ७२ लाख ७० हजार चार सय ४९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब ४४ करोड ७३ लाख १३ हजार एक सय ६८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको कारोबार भएकाछन् । जसमध्ये निर्जीवन बीमा उपसमुहको सुचक ओरालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।