सोलुखुम्बु, सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा विदेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुर्घटनामा घाइते भएका एकजनालाई उपचारका लागि माउन्टेन हेलिकोप्टरमार्फत पठाइएको स्थानीयले जानकारी दिएका छन्। मृतकको शव प्रभु हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको बताइएको छ। फेरिचे खुम्बु गाउँपालिका–४ मा पर्छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।