काठमाडौं, डेल्टा अटोकर्प प्रालिले दशैँको अवसरमा ‘दशैँको दक्षिणा’ नामक विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक खरिद लाभ प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने हरेक ग्राहकले अनर एक्स५ प्ले स्मार्टवाच प्राप्त गर्नेछन् । साथै, ग्राहकले आफ्नो खरिदको माध्यमअनुसार थप लाभसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नगदमा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद लाभ प्राप्त गर्न सक्नेछन् भने आफ्नो पुरानो दुईपाँग्रे सवारीसाधन एक्सचेन्ज गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बेनिफिट प्राप्त गर्नेछन् ।
त्यसैगरी, फाइनान्समार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि ० प्रतिशत सर्भिस चार्जको व्यवस्था गरिएको छ । ‘दशैँको दक्षिणा’ योजनामा भेस्पा तथा अप्रिलियाका विभिन्न मोडलहरू समावेश छन् । दशैँको अवसरमा नयाँ दुईपाँग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको कम्पनीले जनाएको छ ।