तिब्बतमा हिमताल विस्फोटको आशंका, भोटेकोशी नदीमा ठूलो बाढी
काठमाडौं । भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो ।
राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने त्रिशूली नदीलगायत तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार तिब्बतमा हिमताल विस्फोट भएको आशंका गरिएको छ । तर, आधिकारिक विवरण भने आइनसकेको जनाइएको छ । तिब्बत पक्षबाट आधिकारिक जानकारी नआएको प्राधिकरणले जानकारी दिएको छ । तिब्बततर्फबाट बाढी आएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
"रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भै बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्नुहुन अनुरोध गरिन्छ," प्राधिकरणले भनेको छ ।