काठमाडौं, दक्षिणकाली नगरपालिकाका ११ जना स्थानीय बासिन्दा रसुवा बाढी प्रभावित गोसाइकुण्डको यात्रामा हिडेकोले सम्पर्कमा आउन आग्रह गरिएको छ । नगरपालिका विभिन्न वडाका करिब ३० जना गोसाइकुण्डको यात्रामा निस्किएकोमा अन्य सम्पर्कमा आए पनि ११ जना आउन बाँकी रहेको नगरपालिका नगर प्रमुख (मेयर) मोहन बस्नेतले जानकारी दिए ।
यात्रामा गएका परिवार तथा आफन्त र नगरपालिका अधिकारीहरूले उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरेका हुन् । बुधबार बिहान रसुवामा गएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेसँग स्थानीयले गोसाईकुण्ड यात्रमा गएका आफन्तहरूको बारेमा चिन्ता व्यक्त गरेको नगरपालिकाले जनाएको छ ।
मेयर बस्नेतले रसुवामा गएको विनाशकारी बाढीका कारण स्थानीयहरूलाई लिएर परिवार, आफन्त, साथीभाई र नगरपालिका चिन्तित रहेको बताए । मेयर बस्नेतले विभिन्न वडाका स्थानीयहरू यात्रामा गएको र परिवारहरूले खोजी गरेका कारण सम्पर्कमा आउन आग्रह गरिएको बताए । उनले वडा नम्बर क्रमशः ३, ८, ७ र ९ का स्थानीयहरू गोसाइकुण्ड यात्राका लागि गएका बताए । स्थानीय पलिस्था अर्यालले आफ्ना बुबा कृष्ण मुरारी अर्याल बुधबार बिहादेखि सम्पर्कविहिन भएको हुनाले कोही कसैले देखेमा सम्पर्क गर्न आग्रह गरेकी छिन् । उनी बा १९ च ९७३६ को महेन्द्रको बोलेर सवारी साधान लिएर अन्य स्थानीयसँगै यात्रामा निस्किएका हुन् । उनीसँगै ४५ वर्षीया मैया भण्डारी, सुवेश भण्डारी, सुवेक्षा भण्डारी विशाल भण्डारीलगायतका नौ जना सदस्य साथमा रहेको छन् । मेयर बस्नेत ससम्पर्कमा नआएका नगरसदस्यहरूको जानकारी लिनको लागि बिहीबार नुवाकोट पुगेका छन् ।
उनले त्यहाँ रहेका सरकारी अधिकारी, सुरक्षा निकयका अधिकारी र स्थानीयसँग नगरबासीको बारेमा जानकारी खोज्ने प्रयास गरे । बाढीका कारण पुलिस बिट बगाएको कारण अर्यालसँगै गएका समूहका सदस्यहरूको बारेमा जानकारी पाउन सकेनौं । स्थानीयहरूले सवारी साधान आएको भन्ने जानकारी दिए तर त्यो बाहेक कहीँ कतैबाट जानकारी पाउन सकेनौं । बाढी आउनु अर्यालहरूको सवारी साधान आउने समय उही भएको सूचना पाए पनि ठोस् जानकारी पाउन सकेका छैंनौं , उनले भने । त्यस्तै बासबारी वडा नं ४ का रोहन श्रेष्ठको अवस्थामा पनि अज्ञात रहेको छ । २५ वर्षीय श्रेष्ठ बाढी परेको आशांका गरिएको छ । उनीसँगै गएका व्यक्तिहरूले श्रेष्ठलाई बाढीमा परेका हुन सक्ने र अवस्था अज्ञात रहेको बताएका छन् ।
साथै, वडा नम्बर ३ का ४० वर्षिया निर्मल केसी , ५० वर्षीय अर्जुन मगर, वडा नम्बर ७ का ३२ वर्षिय सञ्जय थापा र २९ वर्षीय अनिश घिमिरेलगायतका सदस्यहरू सम्पर्कमा आएका छन् । यसैगरी गोसाइकुण्ड यात्रमा गएका वडा नम्बर ६ का धुव्र श्रेष्ठ भने सकुशल रहेको छन् । उनले आफूसँग यात्रामा रहेका अन्य तीन जना साथीहरू सकुशल रहेको बताएका छन् । उनले सामािजक सञ्जालमार्फत् आफू र तीन जना साथीहरू सुरक्षित रहेको र तालु भन्ने स्थानमा रहेको बताएका छन् ।
त्यस्तै मेयर बस्नेतले यात्रामा निस्किएका सम्पूर्ण सदस्यहरूसँग बुधबारदेखि सम्र्पक गर्न खोजेका थिए भने स्थानीयहरू बिहीबार मात्र सम्र्पकमा आएका हुन् । ‘बुधबार म आफै स्वयं र नगरपालिका अन्य पदाधिकारी, प्रहरी र काठमाडौं प्रहरी र सेनासँग सहकार्यमार्फत् स्थानीयहरूको अवस्था बुझ्नको लागि दिनभर प्रयासरत रहे तर सम्पर्क हुन सकेन । तर बिहीबार यात्रामा निस्कििएका एउटा समूह बाहेक सबैजना सम्पर्कमा आएका छन् त्यसले आफन्तहरूलाई राहत मिलेको प्रतिक्रिया प्राप्त भएको ’ मेयर बस्नेतले आर्थिक दैनिकसँग भने । उनी दिनभरि नुवाकोट बसेर साँझ फर्किएका छन् । अज्ञात रहेका स्थानीयहरूको बारेमा भोलि पनि सम्पर्क तथा खोजीकार्यलाई निरन्तरता दिने उनले बताए ।