काठमाडौं, मारुती सुजुकी गाडीको आधिकारिक बिक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि र प्रभु बैंक लिमिटेडबीच ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारजनलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, तिनका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहक ग्राहकहरूले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडीहरू खरिद गर्दा मोडलअनुसार अधिकतम एक लाख ७५ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रवन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकको तर्फबाट ‘सेन्ट्रल बिजनेस सेन्टर’ का प्रमुख लेखबहादुर पुनले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । यो सम्झौता सन् २०२६ सेप्टेम्बर ७ देखि लागू भई २०२७ सेप्टेम्बर ६ सम्म कायम रहनेछ ।
हाल प्रभु बैंकको देशभर रहेका आफ्ना तीन सयवटा शाखा कार्यालय, दुई सय ६२ वटा एटीएम काउन्टर र ६६ एक्स्टेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । बैंकले ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।