काठमाडौं, लुम्बिनीको सिद्धार्थनगरस्थित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । होटलले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बुद्ध रिजेन्सीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसअनुसार कम्पनीले सर्वसाधारणबाट कुल १५ करोड रुपैयाँ बराबरको पुँजी संकलन गर्नेछ । साधारण सेयर निष्कासनसम्बन्धी सम्झौतामा बुद्ध रिजेन्सी लिमिटेडका तर्फबाट सञ्चालक सुनिल अग्रवाल र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले बिहीबार क्यापिटलको नयाँ बानेश्वरस्थित कार्यालयमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।