काठमाडौं, बैंकिङ क्षेत्रमा प्रोभिजन रकम अर्थात भविश्यमा हुन सक्ने सम्भावित घाटा, दायित्व वा खर्च पूरा गर्न छुट्याइएको रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरूले सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याउने रकम ‘प्रोभिजन फर रिस्क’ (जोखिमका लागि प्रावधान) पछिल्लो एक वर्षमा उल्लेख्य रूपमा बढेको हो ।
राष्ट्र बैंकका अनुसार २०८३ असार/मध्य–जुलाईसम्म बैंक तथा फाइनान्स कम्पनीहरूको कुल जोखिम प्रावधान अघिल्लो वर्षको तुलनामा पाँच दशमलव २२ प्रतिशतले बढेर एक खर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम ८५ अर्ब ५१ करोड रुपैयाँमा सीमित रहेको थियो । पछिल्लो दुई वर्षको तथ्यांकको तुलनात्मक अध्ययन गर्दा विकास बैंकमा बिकास बैंकहरूमा प्रोभिजन बढेपनि फाइनान्स कम्पनीहरूमा भने कमी आएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा २०८१ मध्य–जुलाईमा ८५ अर्ब ५१ करोड रुपैयाँ रहेको प्रोभिजन रकम २०८२ मध्य–जुलाईमा बढेर ८९ अर्ब ९८ करोड रुपैयाँ पुगेको थियो । यसैगरी २०८२ मध्य–जुलाईमा अघिल्लो मध्य–जुनको तुलनामा भने प्रोभिजन रकम १६ दशमलव ८१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार मध्य–जुन २०८२ मा यस्तो रकम ८५ अर्ब ८९ करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार प्रोभिजन रकमको हिसाबले विकास बैंक अगाडि देखिएका छन् । विकास बैंकको जोखिम प्रावधान २०८१ मध्य–जुलाईको नौ अर्ब ४१ करोड रुपैयाँबाट बढेर २०८२ मध्य–जुलाईमा १४ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । सो अनुसार एक वर्षमा बिकास बैंकहरूको कुल प्रोभिजन रकम ४९ दशमलव २७ प्रतिशतले बढेको छ । यसअघि २०८० मध्य–जुलाईदेखि २०८१ मध्य–जुलाईसम्म पनि विकास बैंकको जोखिम प्रावधान ३२ दशमलव १३ प्रतिशतले बढेको थियो । यसको अर्थ लगातार दोस्रो वर्ष पनि विकास बैंकहरूमा प्रोभिजन रकम बढेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनाको अवधिमा भने बिकास बैंकहरूमा देखिएको प्रोभिजन रकमको वृद्धि तुलनात्मक रूपमा कम छ । मध्य–जुन २०८२ मा आठ अर्ब ६९ करोड रुपैयाँ रहेको प्रोभिजन रकम मध्य–जुलाईमा नौ अर्ब ५० करोड रुपैयाँ पुगेको हो । राष्ट्र बैंकका अनुसार यो मासिक नौ दशमलव ३६ प्रतिशतको वृद्धि हो ।
वाणिज्य बैंकहरूमा स्थिर
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा पछिल्लो समय प्रोभिजन रकम स्थिर देखिएको छ । २०८१ मध्य–जुलाईमा ७४ अर्ब १० करोड रुपैयाँ रहेको प्रोेभिजन रकम २०८२ मध्य–जुलाईमा ७४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । सोअनुसार वाणिज्य बैंकहरूको प्रोभिजन रकम औसतमा शून्य दशमलव २१ प्रतिशतले मात्र बढेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनामा भने वाणिज्य बैंकहरूमा प्रोभिजन रकम बढेको छ । मध्य–जुन २०८२ मा ७५ अर्ब ८८ करोड रुपैयाँ रहेको रकम मध्य–जुलाईमा ८९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यस आधारमा पछिल्लो एक महिनामा वाणिज्य बैंकहरूको प्रोभिजन रकम १८ दशमलव ४९ प्रतिशतले बढेको छ । यसअघि २०८० मध्य–जुलाईदेखि २०८१ मध्य–जुलाईसम्म वाणिज्य बैंकहरूको प्रोभिजन रकमको तुलनामा फाइनान्स कम्पनीहरूको प्रोभिजन रकम २९ दशमलव शून्य दुई प्रतिशतले बढेको छ ।
सोअनुसार फाइनान्स कम्पनीहरूको प्रोभिजन रकम २०८१ मध्य–जुलाईको एक अर्ब ९९ करोड रुपैयाँबाट घटेर २०८२ मध्य–जुलाईमा एक अर्ब ६६ करोड रुपैयाँमा झरेको छ । यसले एक वर्षमा फाइनान्स कम्पनीहरूको प्रोभिजन रकम १६ दशमलव ६० प्रतिशतले घटेको देखिएको छ । मध्य–जुन २०८२ मा एक अर्ब ३२ करोड रुपैयाँ रहेको प्रोभिजन रकम मध्य–जुलाईमा ९१ करोड ५० लाख रुपैयाँ मा सीमित भएको छ । अर्थात्, एक महिन थियो। २०८० मध्य–जुलाईको ५३ करोड २० लाख रुपैयाँबाट २०८१ मध्य–जुलाईमा एक अर्ब ९९ करोड रुपैयाँ पुगेकोमा ३० दशमलव ५६ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष भने फाइनान्स कम्पनीको प्रोभिजन रकम उल्टो अवस्थामा रहेको थियो । २०८० मध्य–जुलाईको ५३ करोड २० लाख रुपैयाँबाट २०८१ मध्य–जुलाईमा एक अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो, जुन ४३ दशमलव ४८ प्रतिशतको वृद्धि हो -सुरेश राउत