काठमाडौं, महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः २०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साल श्रावण ३२ (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भाद्रमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको थियो ।
बैंक २०८३ श्रावण महिनामा भएको तेस्रो सर्भिलियन्स अडिटबाट मिति २०८३ साल श्रावण ३२ (सन् २०२६ अगष्ट १६) देखि लागू हुने गरी पुनः प्रमाणित भएको हो । बैंकले प्रोभिजन अफ डेभलपमेन्ट एक्टीभिटिजअन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रूपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् । यस प्रमाणपत्र प्राप्तिको लागि यस बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिटसमेत गरिएको थियो । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै मात्र काठमाडौं, ज्ञानेश्वरमा कफि लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।