काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटल र बालुवाटारस्थित टेस्ला डाएग्नोस्टिकसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा बसाइँ तथा खानामा १५ प्रतिशतसम्म र स्पामा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। त्यसैगरी, टेस्ला डाएग्नोस्टिकमा प्याथोलोजी टेस्ट, एमआरआई, एक्स–रे, डेन्टल एक्स–रे, औषधिलगायत विभिन्न स्वास्थ्य सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ । उक्त छुट सुविधा लिन बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभलेज कार्ड पेश गर्नुपर्नेछ । साथै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि सम्झौताबमोजिमको छुट प्राप्त गर्न सकिनेछ ।