काठमाडौं, शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । अघिल्लो दिन आठ दशमलव ८१ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार सात दशमलव २७ अंकले ओरालो लागेर २६ सय ४३ दशमलव ८३ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १३ अंकले उकालो लागेर चार सय ६४ दशमलव ७३ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४४ वटा कम्पनीहरुको ४३ हजार ६० पटकको कारोबारमा ९७ लाख ५४ हजार चार सय तीन कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब २७ करोड ५६ लाख ७५ हजार चार सय दुई रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा चार वटा उपसमुहहरुको सुचक उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, जलबिद्युत, निर्जीवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी र व्यापार उपसमुहको ओरालो लागेका छन् ।