काठमाडौं, शेयर बजार परिसुचक नेप्से उच्च अंकले खुम्चिएको छ । अघिल्लो दिन एक दशमलव २० अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार २१ दशमलव १५ अंकले ओरालो लागेर २६ सय ६३ दशमलव १८ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६६ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ९६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४३ वटा कम्पनीहरुको ५२ हजार दुई सय ७२ पटकको कारोबारमा एक करोड सात लाख ६१ हजार तीन सय ९६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब सात करोड आठ लाख ५३ हजार छ सय १० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्य बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै भएको छ ।