काठमाडौं, सर्पोट लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले गत आर्थिक वर्षमा उल्लेख्य वित्तीय सुधार गर्दै खुद नाफामा एक सय ८१ दशमलव ३६ प्रतिशतको वृद्धि हासिल गरेको हो । खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा इम्पेरिमेन्ट चार्ज रिभर्स भएकाले संस्थाको नाफा उच्च दरले बढेको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाले गत आर्थिक वर्षमा सात करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा संस्थाले दुई करोड ७० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३५ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । यससँगै कुल सञ्चालन आम्दानी ३४ दशमलव ८५ प्रतिशत र सञ्चालन नाफा एक सय ३४ दशमलव २५ प्रतिशतले बढेको छ ।