सङ्खुवासभा, नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा एक करोड २० लाख सात हजार रुपैयाँ बक्यौता उठाएको छ । शाखाले आर्थिक वर्ष २०८२/८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो ।
प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र चार लाख रुपैयाँभन्दा बढी बक्यौता उठाएको छ । प्राधिकरणले सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो । विद्युत् बक्यौता नतिर्नेमा हाइड्रोपावर, क्रसर उद्योग र सरकारी कार्यालयले विभिन्न उद्योगसमेत रहेका छन् । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले आव २०८१/८२ मा ६६ लाख ७४ हजार रुपैयाँ बक्यौता उठाएको थियो । जिल्लामा ३१ हजार ५९० ग्राहक रहेको प्रमुख चौधरीले बताए ।