काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ कार्यक्रम आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा एवं चालू आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ । मधेश प्रदेशको आठ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू संञ्चालनमा छन् । यसअघि नै बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरिएको छ । त्यसैको निरन्तरता स्वरूप मधेश प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो । अरm प्रदेशहरूमा पनि यसै गरी क्रमशः कार्यक्रम आयोजना गरिने छ ।
बैंकको गत आर्थिक वर्ष २०८२/२०८३ मा कर्जा प्रवाह एक दशमलनव २४ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ साथै निक्षेप संकलनमा पनि नौ दशमलव २२ प्रतिशतको दुई खर्ब ३३ अर्ब ८१ करोड पुगेको छ । बैंकको खुद नाफा ६३ दशमलव शून्य पाँच प्रतिशतले बढेर दुई अर्ब नौ करोड ८६ लाख पुगेको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४/२०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६९ वटा एटीएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।