काठमाडौं, स्काइवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा अटो शो २०२६’को अवसरमा जारी गरेको ‘नाडा अफर’ सकिएको छ । कम्पनीले स्काइवेलका बीई११ मोडलका ईभीमा नाडा अफरअन्तर्गत ५ लाखसम्म छुट दिएको थियो । अटो शो आइतबार सकिएसँगै यो अफर पनि सकिएको कम्पनीले जनाएको छ । आइतबारसम्म बुकिङ गर्नेले भने अफर प्राप्त गर्नेछन् ।
नाडा अटो शो अवधिभरिका लागि कम्पनीले ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको थियो । अटो शो सकिएपछि ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।
अटो शोमा स्काइवेलको मूल्यले धेरैको ध्यान खिचेको थियो । लक्जरी ईभी एसयूभी निकै कम मूल्यमा सार्वजनिक भएको भन्दै यसको बुकिङ पनि उल्लेख्य मात्रामा आएको कम्पनीले जनाएको छ । साथै, अब केही दिनमै कम्पनीले टेस्ट ड्राइभ सुरु गराउने जनाएको छ । अटो शो सकिएपछि एलआरआर मोटर्सले गाडीको टेस्ट ड्राइभ सुरु गर्न लागेको हो ।