काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। बैंकको भदौ १४ गते आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले डा.अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।
डा.अर्याल बैंकको संस्थापक समूहअन्तर्गतका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधिका रूपमा बैंकको सञ्चालक रहँदै आएका थिए। उनी यसअघि बैंकको सञ्चालक पदमा कार्यरत थिए।अध्यक्षमा निर्वाचित भएपछि डा. अर्यालले भदौ १५ गते सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
सोही दिन उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा। डा। विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। बैंकको नेतृत्वमा नयाँ जिम्मेवारी सम्हालेसँगै डा। अर्यालले बैंकको संस्थागत सुशासन, वित्तीय स्थायित्व तथा आगामी व्यावसायिक रणनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।