Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारसगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा उदयपुरमा कृषि, पशुपन्छी बीमा अभिकर्ता तालिम

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा उदयपुरमा कृषि, पशुपन्छी बीमा अभिकर्ता तालिम


काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड (सलिको)ले उदयपुर जिल्लास्थित गाईघाटमा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चैत्र २३ गतेबाट सञ्चालन गरी चैत्र २६ गते सम्पन्न गरेको जनाएको छ ।

उक्त तालिममा उदयपुर, खोटाङ तथा सप्तरी जिल्लाबाट सहभागीहरूले सहभागिता जनाएका थिए । तालिममा कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेखलगायत बीमाका सिद्धान्त, जोखिम तथा जोखिम न्यूनीकरण र व्यवस्थापन, बीमा ऐन तथा क्षति मूल्याङ्कनहरूको विषयमा तोकिएको पाठ्यक्रममा आधारित रही बीमा अभिकर्ता तथा क्षति मूल्यांकनकर्ता तालिम तथा परीक्षा सम्पन्न गराइएको कम्पनीका कृषि विभाग प्रमुख तथा कार्यक्रम संयोजक उमेश ढकालले जानकारी गराए ।

तालिममा सहभागीहरूसँग तालिम सुरु हुनुपूर्व तथा तालिम सम्पन्नपश्चात् परीक्षा लिई योग्य सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतमले जनाएका छन् । तालिम सम्पन्न भएपश्चात सहभागीहरूको तर्फबाट शेरबहादुर कार्कीले तालिम सञ्चालन गरेकोमा कम्पनीका प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै यस्ता तालिमले आगामी दिनहरूमा कृषि बीमालाई घर–घरमा पु¥याउन ठूलो जनशक्ति तयार हुने र भइपरी आउने जनधनको क्षतिलाई बीमामार्फत न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरे ।

उक्त तालिममा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ता गरी जम्मा २७ जना सहभागीहरूका साथै कम्पनीका गाईघाट शाखा प्रमुख डीबी कटुवाललगायत अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको जनाइएको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया