Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारटेम्केमैयुङ गाउँपालिकामा सलिकोको बीमा सचेतना गोष्ठी

टेम्केमैयुङ गाउँपालिकामा सलिकोको बीमा सचेतना गोष्ठी


काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाउँपालिकासँगको समन्वयमा सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोखरेल गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत रहेका थिए । कार्यक्रमको सञ्चालन भने सलिको भोजपुर शाखाका प्रमुख सन्तोष तिवारी गरेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा सलिको इन्स्योरेन्स कम्पनी कोशी प्रदेश प्रमुख नारायण गौतमले कार्यक्रम सञ्चालन गर्नुको उद्देश्य र कम्पनीले हालसम्म गरेका गतिविधिहरू बारे प्रकाश पार्नुभयो र आगामी दिनहरूमा सलिको इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडिबुटी बीमाले अधिकतम कृषकहरूलाई समेटेर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । सलिको इन्स्योरेन्स कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा गर्ने प्रक्रिया, बीमालेखका किसिम, बीमालेखमा भएका व्यवस्थाहरू, बीमा शुल्क, दाबी प्रक्रिया, व्यक्तिगत दुर्घटना बीमा, बीमालेखले रक्षावरण गर्ने र नगर्ने अवस्थाहरूलगायतका विषयमा जानकारी गराए ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले कृषि बीमा आजको आवश्यकता रहेको र राज्यले प्रदान गरेको ८० प्रतिशत अनुदानको दायरामा टेम्केमैयुङ गाउँपालिका अधिकतम कृषकहरू समावेश हुनपर्ने कुरामा जोड दिए । गाउँपालिकाले कृषकहरूको आर्थिक भार कम गर्ने उद्देश्यका साथ थप १० प्रतिशत अनुदान समेत प्रदान गर्ने योजनाका साथ काम अगाडि बढिरहेको जानकारी सहभागीहरू समक्ष गराएका थिए । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोखरेलले यस्ता बीमासम्बन्धी सचेतना कार्यक्रम प्राधिकरणले तीव्रताका अनिवार्यरूपमा सञ्चालन गर्दै आएको साथै बीमकहरूले समेत अनिवार्य बेलाबेलामा सञ्चालन गर्नुपर्ने महत्वपूर्ण कार्यक्रम रहेको जानकारी गराए । उनले बीमा सम्बन्धित कुनै पनि सल्लाह, सुझाव वा गुनासो भए नेपाल बीमा प्राधिकरणमा जानकारी गराउनुहुन समेत सहभागीहरूलाई आग्रह गरे ।

कार्यक्रमा टेम्केमैयुङ गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरू, कृषि तथा पशु शाखा प्रमुख, नेपाल बीमा प्राधिकरण, सहकारी, कृषक समूह तथा कृषकहरू गरी जम्मा ३८ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।

सलिकोका अध्यक्ष मूलको सपथ
काठमाडौं, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लिमिटेडमा अध्यक्ष मनोहरदाश मूलले सपथ ग्रहण गरेका छन् । कम्पनीको २०८० साल चैत्र २७ गते मङ्गलबार सम्पन्न साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको सोही मितिमा सम्पन्न बैठकले कम्पनीको अध्यक्षमा मूललाई नियुक्त गर्ने निर्णयबमोजिम आइतबार नवनियुक्त अध्यक्ष मूलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथग्रहण गरेका हुन् ।

सपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया