Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी मुुद्राको सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड

विदेशी मुुद्राको सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड


सुरेश राउत
काठमाडौं, जेठ २२
विदेशी मुुद्राको सञ्चिति पछिल्लो समय बढेको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन अनुुसार २०७६ असार मसान्तमा विदेशी मुुद्राको सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोडबराबरको रहेको थियो । तर अहिले भने कुल विदेशी विनिमय सञ्चिति ११ दशमलव तीन प्रतिशतले बढेर २०७६ चैत मसान्तमा ११ खर्ब ५५ अर्ब ९० करोडबराबर पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ चैत मसान्तमा नौ अर्ब ४९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब अर्ब ४४ करोड रहेकोमा २०७६ चैत मसान्तमा नौ खर्ब ९६ अर्ब आठ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ चैत मसान्तमा एक खर्ब ५९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । २०७६ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिना सात दिनको वस्तु आयात र नौ महिना पाँच दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३० दशमलव सात प्रतिशत, ७८ दशमलव आठ प्रतिशत र २९ दशमलव छ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा २०७५ चैत मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ७१.५७ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७६ चैत मसान्तमा ७१.७ प्रतिशतले घटी प्रतिब्यारेल अमेरिकी डलर २०.२३ कायम रहेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७५ चैत मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १२९४.३० रहेकोमा २०७६ चैत मसान्तमा २९.९ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १६८०.६५ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तको तुलनामा २०७६ चैत मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १० दशमलव १८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ शून्य दशमलव नौ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय २१ रुपैयाँ ७६ पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ पैसा पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कर दाखिलासम्बन्धी प्रयोजनको लागि जुुनसुकै सार्वजनिक वदामा पनि बैंक खोल्न निर्देशन : काठमाडौं, जेठ २१ । कर दाखिलासम्बन्धी प्रयोजनको लागि जुनसुकै सार्वजनिक विदामा पनि बैंक खुल्ला राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले बुुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु समेतको नाउँमा सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले भनेको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार करदाताले बुझाउनुपर्ने २०७६ फागुुन र चैत महिनाको कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुुपर्ने कर दाखिला गर्ने मिति यही जेठ २५ गतेसम्म तोकिएको छ ।

सो मितिसम्म शनिबारलगायत जुनसुकै सार्वजनिक विदामा समेत राजस्व बुुझ्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण राजस्व संकलन गर्ने बैंकका शाखा, काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरुलगायत नेपाल क्लियरिङ हाउस पनि पूर्णकालीनरुपमा खुल्ला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कर दाखिला गर्ने अवधि असार ७ गतेसम्म थप : यसैबीच सरकारले कर दाखिला गर्ने समय अवधि थप गरेको छ । उद्योगी, व्यवसायी एवं प्रमुुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समय कर दाखिला गर्ने समयसीमाबारे विरोध गरेपछि कर तिर्ने समयलाई सरकारले यही असार ७ गतेसम्म कायम गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी एवं व्यवसायीहरुसँग छलफल गरेपछि कर दाखिला गर्ने अवधि थप गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया