Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमाल सफाइ अभियानमा सेना र कोका–कोलाबीच साझेदारी

हिमाल सफाइ अभियानमा सेना र कोका–कोलाबीच साझेदारी


काठमाडौं ।
हिमाल सफाइ अभियानको लागि नेपाली सेना र कोका–कोलाबीच साझेदारी भएको छ । कोका–कोलाको दीर्घकालीन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ(एचसीआई)ले हिमाल सफाइ अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेका हुन् ।

कम्पनीका अनुसार हिमालयन क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाइ कायक्रमको दोस्रो संस्करण हो । यो मल्टिस्टेक होल्डर कायक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र छवटा चुचुरा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्देश्य राखेको छ ।

हिमाल सफाइ अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले कोका–कोलाको प्रणालीले नेपाली सेना र सरकारले देशको गौरवशाली हिमालहरु सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको बताए । उनले सबैको लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु रहेको बताए ।

वि.सं. २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलोपटक ‘सगरमाथा हिमाल सफाइ अभियान २०७६’ नामक पहिलो हिमाल सफाइ अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट चार हजार आठ सय ९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट पाँच हजार छ सय ९४ किलो फोहोर संकलन गरिएको थियो ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदिप पाण्डेले हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको प्रशंसा गरे । उनले यस कार्यक्रमले विभिन्न सरकारी, गैरनाफामूलक संस्था र निजी क्षेत्रका कम्पनीहरुको लागि वातावरणको संरक्षणमा काम गर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साझा चासो राख्ने प्लेटफर्म स्थापना गरेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया