Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेतीखोला हाइड्रोपावरको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सेतीखोला हाइड्रोपावरको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


काठमाडौं । सेतीखोला हाइड्रोपावर र कुमारी क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले प्रतिसेयर एक सय रूपैयाँ अंकित दरको ६० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता—पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पुँजी एक अर्ब ५० करोड रूपैयाँ, जारी पुँजी एक अर्ब ५० करोड रूपैयाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ ।

सेतीखोला हाइड्रोपावर लिमिटेड विद्युत् उत्पादन गर्ने संस्थाको रूपमा वि.सं. २०८० आषाढ २९ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । उक्त संस्थामा मुख्य लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड ११ रहेको छ । जसमा संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत सेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराललगायत पोखराका स्थानीयको रहेको छ ।

संस्थाको २२ मेगावाट क्षमता भएको वार्षिक उत्पादन क्षमता १३७ दशमलव १८ जीडब्लुएच रहेको छ र वि.संं. २०८१ श्रावण १३ गतेबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । हाइड्रोपावरको कुल लागत पाँच अर्ब पाँच करोड रुपैयाँ रहेको छ । हाल आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया