Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकले मनायो २१ औँ वार्षिकोत्सव

सिद्धार्थ बैंकले मनायो २१ औँ वार्षिकोत्सव


काठमाडौं । सिद्धार्थ बैंकले स्थापनाको २१ औं वर्ष पूरा गरेको छ । बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, पूर्वसञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा बैंकको वार्षिकोत्सव सम्पन्न गरेको हो ।

बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्षसम्मको यात्रालाई समेटी तयार पारेको ’कफी टेबल बुक’ पनि सोही कार्यक्रममाझ सार्वजनिक गरेको छ । सोही कार्यक्रममार्फत बैंकले आफ्ना पूर्वसञ्चालक समितिका सदस्यहरू एवम् पूर्व प्रमुख कार्यकारी अधिकृतहरूलाई सम्मान गर्नुका साथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको छ ।

वार्षिकोत्सवकै अवसर पारेर बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ। सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो । ग्राहकहरूले यस कार्डको प्रयोग गरी चार सय ५० भन्दा बढी युएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, यस कार्ड प्रयोगकर्ताहरूलाई आउँदा दिनहरूमा थप सुविधाहरू पनि उपलब्ध गराउने योजना रहेको बैंकले जानकारी दिएको छ ।

 


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया