Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारललितपुरका दुई ठाउँमा इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

ललितपुरका दुई ठाउँमा इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका वडा नं २५ मा भैंसेपाटी शाखा सञ्चालनमा ल्याएकोे हो । नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमूल र अनामनगरमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएकोे थियो । बैंकले हाल देशभरिमा दुई सय ६६ वटा शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ५७ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया