सेन्ट्रल फाइनान्स चार करोड रुपैैयाँ खुद नोक्सानीमा
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ७६ लाख ४६ हजार २९ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले तीन लाख ९९ हजार दुई सय १५ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुुँजी ९४ करोड ८८ लाख ७५ हजार चार सय ५९ रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा छ अर्ब ८१ करोड २२ लाख ३८ हजार सात सय २० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६३ करोड ८७ लाख ८५ हजार पाँच सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड नौ लाख २५ हजार तीन सय ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा नौ दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ११ करोड ४० लाख ३८ हजार पाँच सय दुई रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ९२ करोड ६४ लाख ९० हजार छ सय ८० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९१ करोड २५ लाख २१ हजार एक सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ६४ लाख ८३ हजार ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- स्टार्ट–अपलाई १० वर्षसम्म आयकर छुट
- एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
- जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?
- संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया