Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन


काठमाडौं । कृषि विकास बैंक विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरेको छ । बैंकद्वारा धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरिएको हो ।

बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा सहिदनगर नपा ३ स्थित जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधबार विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन भएको हो । ग्लोबल मनी विकको अवसर पारेर बैंकद्वारा आयोजित कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकायतर्फका विद्यार्थीहरू र सोही विद्यालयका शिक्षकहरूको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिए । बैंकका मधेश प्रदेश निर्देशक तिलक प्रधानको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा बैंकका उपमहाप्रबन्धक डा बाबुकाजी थापा रहेका थिए । करिब ९० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप साह, व्यवस्थापन संकायका संयोजक गजेन्द्र यादव, बैंकका कर्मचारीहरू महेश साह, रामसेवक साह, सञ्जीव यादव, स्थानीय अगुवा कृषक कन्हैयाप्रसाद मुखियालगायत विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रशिक्षण गर्दै उपमहाप्रबन्धक डा थापाले बालबालिकाहरूले बेलैमा बचत गर्ने बानीको विकास, पुँजीको संकलन, रकमको सदुपयोगजस्ता विषयमा ध्यान दिनुपर्ने बताए । आर्थिक अवस्था सुदृढ गर्न घरमुली, परिवारको सदस्य सबैको भूमिका हुने भएको हुँदा आम्दानीको बढी अंश उत्पादनमूलक क्षेत्रमा खर्च लगाउनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा प्रशिक्षण दिँदै उपमहाप्रबन्धक डा थापाले सहभागी विद्यार्थीलाई बैंकिङ प्रणाली, कृषि विकास बैंकमा उपलब्ध डिजिटल प्रोडक्टहरू, पैसा राख्ने तरिका, सफा नोटजस्ता विषयमा जानकारी गराए ।

कार्यक्रमको अन्त्यतिर सञ्चालित अन्तक्र्रियात्मक कक्षाका क्रममा सहभागी विद्यार्थीहरूबाट कृषि विकास बैंक तथा डिजिटल प्रोडक्ट सम्बन्धमा व्यक्त भएका विभिन्न जिज्ञासाहरूको विषयमा जवाफ पनि दिए । बचत, बचतको सदुपयोग, पैसाको सुरक्षा, डिजिटल प्रोडक्टका विशेषताहरू विषयमा छोटो समयमा सहज तरिकाले जानकारी पाइएको हुँदा कार्यक्रम निकै उपलब्धिमूलक भएको सहभागीमध्ये कक्षा ११ की छात्रा पुनम यादवले प्रतिक्रिया व्यक्त गरे । त्यस्तै, यस्ता कार्यक्रम समयसमयमा आयोजना भएमा हामी व्यवस्थापन संकायका विद्यार्थीलाई निकै फाइदा हुने भन्दै यदुकुहामा कार्यक्रम आयोजना भएकोमा अर्का विद्यार्थी गंगा यादवले खुसी व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया