Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग

हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग


काठमाडौं । हिमालयन बैंक लिमिटेडले पर्सा प्रहरीलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज, पर्सालाई रुपैयाँ तीन लाख सात हजार पाँच सय बराबरको चेस्ट स्टार्पसहित पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज, पर्साको अनुरोधमा पर्सा जिल्लामा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्तालजस्ता गतिविधिको निगरानी तथा रोकथाम गर्न बंैकले जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज, पर्सालाई सो सहयोग प्रदान गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया