Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो त्रैमासिक नाफा सात करोड २२ लाख

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो त्रैमासिक नाफा सात करोड २२ लाख


काठमाडौँ ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सात करोड २२ लाख २२ हजार एक सय ३३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ७६ लाख ४१ हजार दुई सय ८८ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३३ रुपैयाँ २३ पैसा रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया