Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा कान्त

नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा कान्त


काठमाडौं ।
नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)को रूपमा यादभेन्द्र कान्त नियुक्त भएका छन् । बैंकका अनुसार कान्तले यही कात्तिक १५ गतेबाट प्रमुख सञ्चालन अधिकृतको रूपमा पदभार ग्रहण गरेका हुुन् ।

बैंकको विदेशी साझेदार भारतीय स्टेट बैंकसँगको प्राविधिकत सेवा सम्झौताअनुसार नेपाल एसबीआई बैैंकका खटिएका प्रमुख सञ्चालन अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभकान्त कानुगोले यही कात्तिक १५ गते आफ्नो कार्यकाल समाप्त गरी भारत फिर्ता गए पनि उनको ठाउँमा भारतीय स्टेट बैंकको तर्फबाट खटिई आएका कान्तलाई प्रमुुख सञ्चालन अधिकृतको रूपमा जिम्मेवारी सुम्पिएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार बैंकको नायब प्रमुुख कार्यकारी अधिकृतको पदमा पनि बैंकको प्रमुुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई नियुक्त गरेको जानकारी बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया