Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंक र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

एभरेष्ट बैंक र कीर्तिपुर नगरपालिकाबीच सम्झौता


काठमाडौं ।
एभरेष्ट बैंक र कीर्तिपुर नगरपालिकाबीच सम्झौता भएको छ । स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई निरन्तरता दिँदै बैंकले आफ्नो बैंकको केन्द्रीय कार्यालयमा माघ १६ गतेका दिन सम्पन्न भएको कार्यक्रममा कीर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यो सम्झौताअन्तर्गत एभरेष्ट बैंकद्वारा आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधानअनुसार कीर्तिपुर नगरपालिकाका बासिन्दाहरूलाई कृषि कर्जा, सहुलियत कर्जा, एसएमई कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एभरेष्ट बैंकका नायब महाप्रबन्धक डा. सन्धिरकुमार तथा अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिका बीच हस्ताक्षर गरेका छन् । बैंकले आफ्नो बृहत् सञ्जालमार्फत अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । हाल बैंकको सातवटै प्रदेश गरी एक सय शाखा कार्यालय, ३१ राज्वस्व संकलन काउन्टर तथा एक सय ३१ स्थानमा एटीएम काउन्टर रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया